पहिलो त्रैमासिक वित्तीय रिर्पोट: कस्तो देखिए महिला लघुवित्तका मुख्य सूचकहरु ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साढे १ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्ममा १ करोड ५९ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५१.१४ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड २७ लाख ४७ हजार रुपैयाँ नाफा गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ८.६० प्रतिशतले वृद्धि भई ७ करोड ७५ लाख ३५ हजार रुपैयाँ पुगेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको कुल संचालन आम्दानी क९ करोड ७२ लाख ९५ हजार, खद संचालन आम्दानी ७ करोड ४० लाख ६५ हजार र संचालन नाफा ३ करोड २८ लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा ९० ललाख ४७ हजार रुपैयाँ रहेको छ ।
उक्त अवधिमा कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १२ करोड ६९ लाख ४७ हजार रुपैयाँ राखेको छ ।
उक्त अवधिमा कम्पनीको खराब कर्जा भने घटेर २.७७ प्रतिशत कायम भएइको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा ३.०५ प्रतिशत रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ३९५ रुपैयाँ ५ पैसा रहेको छ ।


















