५८ लघुवित्तको वित्तीय रिर्पोटः ९ वटाले नाफा बढाउँदा नोक्सानीमा १३ कम्पनी, कुनको प्रगति कस्तो ? « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

५८ लघुवित्तको वित्तीय रिर्पोटः ९ वटाले नाफा बढाउँदा नोक्सानीमा १३ कम्पनी, कुनको प्रगति कस्तो ?



काठमाडौं । संचालनमा रहेका मध्ये चार दर्जन बढी माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

५८ वटा लघुवित्तले प्रकाशित गरेको विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीहरुले १ अर्ब ७२ करोड ४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ३९.३९ प्रतिशतले कमी हो ।

गत वर्षको असोज मसान्तसम्ममा कम्पनीहरुले २ अर्ब ८३ करोड ८४ लाख ३ हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा ९ वटा कम्पनीहरुको नाफा वृद्धि गरेका छन् । यस्तै, उक्त अवधिमा १३ वटा लघुवित्त नोक्सानीमा रहेका छन् भने करिब तीन दर्जन कम्पनीको नाफामा गिरावट देखिएको छ ।

९ वटा लघुवित्तको नाफामा बढोत्तरी

गत वर्षको असोज मसान्तसम्मको तुलनामा ९ वटा लघुवित्तको नाफामा बढोत्तरी देखिएको छ ।

चालु आवको पहिलो त्रैमासमा छिमेक लघुवित्त, साना किसान, इन्फिनिटी, आरएमडीसी, फस्र्ट माइक्रोफाइनान्स, आरएसडीसी, नेष्डो समृद्धि, गणपति र उपकार लघुवित्तले नाफा बढाएका छन् ।

उक्त अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्त वित्तीय संस्थाको देखिएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनमा ५३.७१ प्रतिशतले बढी हो ।

चालु आवको असोज मसान्तसम्ममा साना किसान लघुवित्तले २३ करोड २७ लाख ७९ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ४१.८२ प्रतिशतले बढी हो ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा गणपति लघुवित्त देखिएको छ । पहिलो त्रैमासमा कम्पनीको नाफा १५४.६९ प्रतिशतले वृद्धि गरि ६८ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको नाफा २७ लाख ६ हजार रुपैयाँ मात्र रहेको थियो ।

चालु आवको तीन महिनामा इन्फिनिटी लघुवित्तको नाफा १९.१३ प्रतिशतले वृद्धि भई १५ करोड २ लाख १३ हजार, आरएमडीसी लघुवित्तको ५४.१५ प्रतिशतले बढेर १० करोड ८८ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, चालु आवको पहिलो त्रैमासमा आरएसडीसी लघुवित्तको नाफा १०१.९८ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको नाफा ६१.७९ प्रतिशत, नेष्डो समृद्धिको ११.३०, उपकार लघुवित्तको ३.८९ प्रतिशतले वृद्धि भएको छ ।

नोक्सानीमा १३ वटा लघुवित्त

चालु आवको पहिलो त्रैमासमा एक दर्जन कम्पनीको नोक्सानीमा देखिएका छन् । वित्तीय रिर्पोट अनुसार चालु आवको असोज मसान्तसम्ममा १३ वटा लघुवित्त घाटामा देखिएको हो ।

उक्त अवधिमा सबैभन्दा बढी नोक्सानीमा किसान लघुवित्त रहेको छ । कम्पनी चालु आवको असोज मसान्तमा ४ करोड ३७ लाख १० हजार रुपैयाँ घाटामा रहेको छ ।

यस वर्षको असोज मसान्तसम्ममा सबैको लघुवित्त पनि २ करोड ९६ लाख ८८ हजार र ग्रामिण विकास लघुवित्त १ करोड १८ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् ।

यस्तै, चालु आवको पहिलो त्रैमासमा एनएमबी लघुवित्त ८० लाख १० हजार, जनउत्थान लघुवित्त ७६ लाख ७४ हजार, स्वाभिमान लघुवित्त ६७ लाख ८२ हजार, गुराँस लघुवित्त ६० लाख २२ हजार, मनकामना स्मार्ट लघुवित्त ४३ करोड ५४ लाख र लक्ष्मी लघुवित्त ४१ लाख १४ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

त्यसैगरि चालु आवको असोज मसान्तसम्ममा विन नेपाल लघुवित्त २३ लाख ७१ हजार, युनिक नेपाल २२ लाख ७५ हजार, जाल्पा सामुदायिक १० लाख ३० हजार र खप्तड लघुवित्त ४ लाख १३ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् ।

दुई लघुवित्तको नाफा सुधार, तीन दर्जन कम्पनीको भने गिरावट

चालु आवको पहिलो त्रैमासमा करिब तीन दर्जन लघुवित्तको नाफामा गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा नोक्सानीमा रहेका अभियान लघुवित्त र नाडेप लघुवित्तले नाफामा सुधार गरेका छन् । यी दुवै कम्पनीले नाफा सुधार गरि क्रमशः ३ लाख १५ हजार र १ करोड २२ लाख ४६ हजार रुपैयाँ नाफा गरेका छन् ।

चालु आवको असोज मसान्तसम्ममा ३४ वटा लघुवित्तको नाफा घटेको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा उन्नती सहकार्य लघुवित्तको घटेको छ । कम्पनीको नाफा ८९.२६ प्रतिशतले घटेर ७ लाख ६७ हजार रुपैयाँमा सिमित भएको छ ।

प्रतिशतकै आधारमा मेरो माइक्रोफाइनान्सको ८४.३६ प्रतिशत, निर्धन उत्थानको ८३.८८ प्रतिशत, आँधीखोला लघुवित्तको नाफा ७८.७२ प्रतिशत, मिथिला लघुवित्तको ७८.२९, विजय लघुवित्तको ७५.९७, कालिकाको ७२.५७ प्रतिशतले नाफामा गिरावट आएको छ ।

अन्यको कुनको कति घट्यो ?


प्रतिक्रिया दिनुहोस्