माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानीः नेष्डो र नेशनल अगाडि, एक दर्जनको ऋणात्मक, कुनको कति ? « Arthapath.com
७ मंसिर २०७९, बुधबार

माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानीः नेष्डो र नेशनल अगाडि, एक दर्जनको ऋणात्मक, कुनको कति ?



काठमाडौं । लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा ५७ वटा लघुवित्त कम्पनीहरुले १ अर्ब ७२ करोड ४ लाख ८७ हजार रुपैयाँ खुद नाफा गरेका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ३९.३९ प्रतिशतले कमी हो । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीहरुले २ अर्ब ८३ करोड ८४ लाख ३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

चालु आवको पहिलो त्रैमासमा ९ वटा कम्पनीहरुको नाफा वृद्धि गरेका छन् । यस्तै, उक्त अवधिमा १३ वटा लघुवित्त नोक्सानीमा रहेका छन् भने करिब तीन दर्जन कम्पनीको नाफामा गिरावट देखिएको छ ।

उक्त अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । कम्पनीले असोजज मसान्तसम्ममा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रुपैयाँ नाफा गरेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ५३.७१ प्रतिशतले बढी हो ।

यस्तै, चालु आवको पहिलो त्रैमासमा साना किसान, इन्फिनिटी, आरएमडीसी, फस्र्ट माइक्रोफाइनान्स, आरएसडीसी, नेष्डो समृद्धि, गणपति र उपकार लघुवित्तले नाफा बढाएका छन् ।

उक्त अवधिमा प्रतिसेयर आम्दानीको आधारमा सबैभन्दा अघि नेष्डो समृद्ध लघुवित्त देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ । चालु आवको पहिलो त्रैमासमा नेष्डो समृद्धसहित पाँच कम्पनीको प्रतिसेयर आम्दानी ५० रुपैयाँभन्दा बढी छ ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा कम प्रतिसेयर आम्दानी अभियान लघुवित्तको देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५१ पैसा मात्रै रहेको छ । कम प्रतिसेयर आम्दानी हुनेको दोस्रो स्थानमा रहेको उन्नती सहकार्यको १ रुपैयाँ ३४ पैसा रहेको छ ।

यी हुन् ५० रुपैयाँभन्दा बढी प्रतिसेयर आम्दानी भएका कम्पनी

चालु आवको तीन महिनामा पाँच वटा कम्पनीको प्रतिसेयर आम्दानी ५० रुपैयाभन्दा बढी रहेको छ । नेष्डो समृद्धपछि नेशनल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ६८ रुपैयाँ ४८ पैसा, साना किसान लघुवित्तको ५९ रुपैयाँ ५२ पैसा रहेको छ । चालु आवको पहिलो त्रैमासमा जीवन विकासको ५७ रुपैयाँ १ पैसा र छिमेक लघुवित्तको ५६ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक दर्जन लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक

चालु आवको पहिलो त्रैमासमा एक दर्जन लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक देखिएको छ । उक्त अवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सबैको लघुवित्तको ऋणात्मक रहेको छ । कम्पनी असोज मसान्तसम्ममा ४३ रुपैयाँ ९८ पैसा ऋणात्मक देखिएको हो । गत वर्षको सोही अवधिमा भने कम्पनी ३१ रुपैयाँ ७९ पैसा धनात्मक रहेको छ ।

यस्तै, उक्त अवधिमा किसान लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ शून्य दशमलव ९ प्रतिशत ऋणात्मक, गुराँस लघुवित्त २४ रुपैयाँ ७१, स्वाभिमान लघुवित्त २२ रुपैयाँ २८ पैसा, जनउत्थान लघुवित्त २० रुपैयाँ ७६ पैसा र मनकामना स्मार्ट लघुवित्तको १२ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ ।

त्यसैगरि विन नेपालको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा, एनएमबि लघुवित्त ४ रुपैयाँ ८९, ग्रामिण विकासको ४ रुपैयाँ ८ पैसा, जाल्पा सामुदायिकको २ रुपैयाँ १९ पैसा, युनिक नेपालको २ रुपैयाँ १९ पैसा र खप्तड लघुवित्तको १ रुपैयाँ शून्य दशमलव ३ पैसा ऋणात्मक रहेको छ ।

अन्य कुन लघुवित्तको प्रतिसेयर आम्दानी कति ?

चालु आवको पहिलो त्रैमासमा सीवाईसी नेपाल लघुवित्तको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा, श्रृजनशील लघुवित्तको ३९ रुपैयाँ ६४ पैसा, इन्फिनिटीको ३६ रुपैयाँ २४ पैसा, आरएमडीसीको ३५ रुपैयाँ शून्य दशमलव ९ पैसा, डिप्रोक्स लघुवित्तको ३४ रुपैयाँ २९ पैसा रहेको छ ।

उक्त अवधिमा सामुदायिक लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३२ पैसा, फस्र्ट माइक्रोफाइनान्सको २६ रुपैयाँ ४५ पैसा, सूर्योदय वोमीको २२ रुपैयाँ ४ पैसा, आशा लघुवित्तको २२ रुपैयाँ ३ पैसा, स्वोजगार लघुवित्तकोे २१ रुपैयाँ ५ पैसा, मिर्मिरेको २१ रुपैयाँ शून्य दशमलव ८ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्