आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ? « Arthapath.com
११ मंसिर २०७९, आईतवार

आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्