राष्ट्र बैंकको कारबाहीमा करिब एक दर्जन वाणिज्य बैंक, कुन-कुन हुन् ? « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

राष्ट्र बैंकको कारबाहीमा करिब एक दर्जन वाणिज्य बैंक, कुन-कुन हुन् ?



काठमाडौं । आधा दर्जन वाणिज्य बैंक नेपाल राष्ट्रको कारवाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले ९ वटा वाणिज्य बैंक, बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु, कुमारी, प्राइम, हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपश्चात बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दा बैंकहरुलाई सचेत गराएको हो ।

कृषि विकास बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उल्लंघन गरेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । कृषि विकास बैंकलाई सो वापत २० लाख रुपैयाँ जरिवना गरिएको हो ।

यस्तै, प्रभु, बैंक अफ काठमाण्डू, कुमारी र प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तयि संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका साताहरुमा कारोबार गरेको पाइएकाले सचेत गराएको सूचनामा उल्लेख छ ।

यी हुन् कारबाहीमा परेका बैंकहरु


प्रतिक्रिया दिनुहोस्