राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपछि मुद्रास्फीतिमा कमी, एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशत पुग्ने अनुमान « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपछि मुद्रास्फीतिमा कमी, एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशत पुग्ने अनुमान



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० पहिलो त्रैमासिक वित्तीयको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा गरेको छ ।

सर्वेक्षण अनुसार आगामी एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशत पुग्ने अनुमान गरेको छ । तीन महिनामा भने १० प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तरवार्ता मार्फत सर्वेक्षण गरेको थियो ।

परिणामहरू २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्तिहरू थपिएका छन्। तीन महिना पछिको मध्य र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको प्रतिवेदनमा उल्लेख छ ।

तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको बताइएको छ ।

‘८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ’- प्रतिवेदनमा उल्लेख छ ।

राष्ट बैंकका अनुसार खाद्य र खाद्य वस्तुको सबै उपसमूह; गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह; तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।

यस्तै, खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्