ग्लोबल आइएमई बैंकका सीईओ बज्राचार्यको तलब २ करोड ८ लाख, अन्य पदाधिकारीको कति ? « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

ग्लोबल आइएमई बैंकका सीईओ बज्राचार्यको तलब २ करोड ८ लाख, अन्य पदाधिकारीको कति ?



काठमाडौं । गलोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले २ करोड बढी तलब भत्ता बुझेका छन् ।

सीईओ बज्राचार्यलाई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता वापत २ करोड ८ लाख ५८ हजार ४९२ रुपैयाँ रकम दिएको हो ।

उनले तबल वापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता ५० लाख ४० हजार, दशै भत्ता १० लाख ५३ हजार, बिदा पावतको भुक्तानी १० लाख ५३ हजार र सञ्चय कोष ७ लाख ५९ हजार ६ सय रुपैयाँ बुझेका छन् ।

यस्तै, कार्यकारी प्रमुखलाई गत आवमा कुशल कार्य सम्पादनमा आधारित कर्मचारी बोनस वापत ४९ लाख ७६ हजार ३३४ रुपैयाँ दिएको छ । उनलाई टेलिफोन र मोबाइल खर्च ६६ हजार २७० रुपैयाँ ४० पैसा, सवारी साधान मर्मत ५५ हजार ४१३ रुपैयाँ र इन्धन सुविधाका लागि २ लाख ५८ हजार ८७४ रुपैयाँ ३३ पैसा भुक्तानी गरेको छ।

बैंकले अन्य सहायक प्रवन्धक तहसम्मका पदाधिकारीहरुलाई तलब, भत्ता सञ्चय कोष समेत गरि २४ करोड २२ लाख ६१ हजार ६०७ रुपैयाँ प्रदान गरेको जनाएको छ । बैंकले नियम अनुसार इन्धन तथा मोबाइल सुृविधा प्रदान गरिएको बताएको छ ।

बैंकले कम्पनी सचिवलाई गत वर्ष पारिश्रमिक बापत १९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरको जनाएको छ । गत आवमा बैंकको कुल कर्मचारी खर्च ३ अर्ब २९ करोड ७ लाख २५ हजार ८१३ रुपैयाँ (बोनस व्यवस्था बापतको ७८ करोड ७ लाख ३१ हजार ६६१ रुपैयाँ समावेस) रहेको छ ।


प्रतिक्रिया दिनुहोस्