वाणिज्य बैंकको निक्षेप एकदिनमै ७ अर्बले वृद्धि: कर्जा प्रवाहमा गिरावट, सीडी रेसियो कति ? « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

वाणिज्य बैंकको निक्षेप एकदिनमै ७ अर्बले वृद्धि: कर्जा प्रवाहमा गिरावट, सीडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न थालेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर २६ गते ५२ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप एकदिनमै (मंसिर २७ गते) बढेर ५२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा कर्जा प्रवाह भने २ अर्बले घटेर ४७ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप वृद्धि बढ्न थालेको छ । वाणिज्य बैंकहरुको निक्षेप एक दिनमा ७ अर्ब रुपैयाँले बढेर ४६ अर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । मंसिर २७ गते भने बैंकहरुमा ४६ खर्ब रुपैयाँ मात्र निक्षेप रहेको थियो ।

राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह भने घटेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेर ४२ खर्ब अर्ब रुपैयाँ कायम भएको छ । गत मंगलबार भने बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिमा बैंकहरुको सीडी रेसीयो झिनो घटेर ८६ दशमलव १५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्