एकदिनमै थपियो ८ अर्ब निक्षेप: कर्जा प्रवाह पनि २ अर्बले वृद्धि, सीडि रेसियो कति ? « Arthapath.com
१२ पुष २०७९, मंगलवार

एकदिनमै थपियो ८ अर्ब निक्षेप: कर्जा प्रवाह पनि २ अर्बले वृद्धि, सीडि रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एकदिनमै निक्षेप ८ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकको पुस १० र ११ गतेको तथ्याङ्कले यस्तो देखाएको हो । पुस १० गते आइतबार ५२ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप पुस ११ गते भने बढेको हो । सो दिन बैंक तथा वित्त कम्पनीहरुमा निक्षेप ५२ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने १ अर्ब रुपैयाँले वृद्धि भई ४७ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । पुस १० गतेको कर्जा प्रवाह भने ४६ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि वृद्धि भएको छ । एकदिनमै बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले वृद्धि भई ४६ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । पुस १० गते भने बैंकहरुमा ४६ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले वृद्धि भएको छ । पुस १० गते ४२ खर्ब १४ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह ११ गते भने ४२ खर्ब १६ अर्ब रुपैयाँ पुगेको हो ।

सो अवधिमा सीडि रेसियो भने ८६.२० प्रतिशतबाट ८६.२८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्