कहिले आउँछ जीवन विकास लघुवित्तको लाभांश ? यस्तो छ कम्पनीको तयारी « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कहिले आउँछ जीवन विकास लघुवित्तको लाभांश ? यस्तो छ कम्पनीको तयारी



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले समयमै साधारण सभा गर्न नसकिने बताएको छ ।

कम्पनीले ऐन, २०६४ को दफा ७६ को उपदफा १ बमोजिम कुनै पनि संस्था आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारण सभा गर्नु पर्ने व्यवस्था रहेको छ । तर, जीवन विकास लघुवित्तले भने सोही व्यवस्था बमोजिम पुस मसान्तभित्र सभा गर्न नसक्ने जनाएको हो ।

एक सूचना जारी गर्दै कम्पनीले हाल संस्थाको लेखापरीक्षणको काम भईरहेको र अन्य विविध कारणले पुस मसान्तभित्र सभा गर्न नसिकेने जानकारी गराएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्न पनि बाँकी नै छ । यता कम्पनीका लगानीकर्ताले वम्पर लाभांशको पर्खाईमा रहेका छन् । कम्पनीले गत वर्ष आकर्षक लाभांश वितरण गरेको थियो । लगानीकर्ताको सर्वाधिक रोजाईमा परेको कम्पनीले गत वर्ष ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद गरि कुल ७३.६८ प्रतिशत लाभांश बाँडेको थियो ।

कम्पनीले यस वर्ष कति बाँड्न सक्ला भन्ने लगानीकर्ताको चासोको विषय बनेको छ । यस वर्ष कम्पनीले कति लाभांश देला भन्ने लगानीकर्ताको खुलदुली मेटाउनका लागि हामीले कम्पनीसंग कुराकारनी गरेका छौं ।

कम्पनीका अनुसार लाभांश घोषणाको तयारी रहेको बताएको छ । कम्पनीको वित्तीय विवरणहरु राष्ट्र बैंकमा पठाएको तर, स्वीकृत नभएकाले ढिलाई भएको बताइएको छ । कम्पनीले स्रोतले भन्यो,–‘कम्पनी वित्तीय रिर्पोट राष्ट्र बैंकबाट स्वीकृत भएर आउँछ, अनि संचालक समितिको बैठक बसेर आधिकारिक निर्णय गर्नेछौं । राष्ट्र बैंकबाट जति छिटो स्वीकृत भएर आउँछ, त्यति नै छिटो हामी घोषण गर्छौ ।’

गत आर्थिक वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा कम्पनीको जगेडाका कोषमा १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । तर, लगानीकर्ताहरुले भने यस वर्ष पनि कम्पनीले गत वर्षको हाराहारीमा लाभांश दिने अनुमान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्