कुल बैंक निक्षेपमा काठमाडौं उपत्यकाको हिस्सा मात्रै ६३ प्रतिशत, झण्डै ३० खर्ब संकलन « Arthapath.com
८ माघ २०७९, आईतवार

कुल बैंक निक्षेपमा काठमाडौं उपत्यकाको हिस्सा मात्रै ६३ प्रतिशत, झण्डै ३० खर्ब संकलन



काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै झण्डै ३० खर्ब रुपैयाँ बैंक निक्षेप रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त कार्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार उपत्यका भित्रका रहेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखामा कुल २९ खर्ब ७४ अर्ब १६ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।

त्यसमा काठमाडौंको मात्रै २५ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरि ललितपुरमा ३ खर्ब ३० अर्ब ७४ करोड र भक्तपुरमा १ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार उपत्यकाको वाणिज्य बैंकमा मात्रै २७ खर्ब १० अर्ब १९ करोड ६६ लाख रुपैयाँ निक्षेप संकल गरेका छन् । यसैगरि विकास बैंकमा १ खर्ब ९७ अर्ब ४७ करोड ७७ लाख र वित्त कम्पनीमा ६६ अर्ब ४९ करोड २८ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन भएको छ ।

तथ्यांकअनुसार कुल निक्षेपमा उपत्यकाको मात्रै ६३ प्रतिशत हिस्सा रहेको छ । कात्तिक मसान्तसम्म देशभर ४६ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, त्यसको आधा भन्दा बढी अर्थात् ६३ प्रतिशत निक्षेप काठमाडौं उपत्यकाबाटै संकलन भएको छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको संख्या बढी छ । साथै, ठुला कारोबार गर्ने व्यवसायीक घराना, कम्पनी, संस्थानहरु पनि यही छन् ।

बैंकहरुको केन्द्रीय कार्यलय पनि उपत्यकामै छन् । अधिकांश वित्तिय कारोबार काठमाडौंमा हुन्छ, फलस्वरुप काठमाडौं उपत्यकामा निक्षेप संकलनको हिस्सा बढी भएको बैंकरहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्