राष्ट्रिय वाणिज्य बैंक पनि उपयुक्त रणनीति बनाइ मर्जरमा जान आवश्यक छ: सीईओ श्रेष्ठ « Arthapath.com
१६ असार २०८२, सोमबार

राष्ट्रिय वाणिज्य बैंक पनि उपयुक्त रणनीति बनाइ मर्जरमा जान आवश्यक छ: सीईओ श्रेष्ठ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले बाणिज्य बैंक पनि मर्जरमा जान उपयुक्त रणनीति आवश्यक रहेको बताए ।

राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सबको अवसरमा बोल्दै सीईओ श्रेष्ठले यस्तो जानकारी गराएका हुन । राष्ट्र बैंकको नीति अनुसार बैंकहरुको मर्जर प्रक्रियाले तीव्रता पाएको भन्दै सिइओ श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले पनि यस्को लागि उपयुुक्त रणनीति बनाउन आवस्यक रहेको बताए ।

उनले भने,-” क वर्गका बैंकहरु विचको मर्जर ती बैंकहरुको आकार तथा क्षमता ठुलो हुन गइरहेको सन्दर्भमा यस बैंकले पनि उपयुुक्त रणनीति बनाइ अगाडि आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थमन्त्रालय को ध्यानाकर्षण गराउन चाहान्छु ।”


प्रतिक्रिया दिनुहोस्