हुन्डाई नेपालद्वारा ‘वल्ड कप टु वल्ड कप’ अफर सार्वजनिक, चार वर्षसम्म विशेष सुविधा
काठमाण्डौं। हुन्डाई नेपालले ‘वल्ड कप टु वल्ड कप’ अफर सार्वजनिक गरेको छ। चार वर्षसम्म विशेष सुविधा नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै ‘वल्ड कप टु वल्ड कप’ अफर सार्वजनिक गरेको छ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता (मोबिलिटी), जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ। यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै, यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू (ओनरसिप बेनिफिट ) प्रदान गर्दछ।
यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा रु. ४ लाखसम्मको आकर्षक नगद छुटका साथै रु. ४४ हजार ४४४ सम्मको विशेष वल्र्ड कप बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको विस्तृत बीमा ( कम्प्रेहेनसिप इन्स्युरेन्स ) र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि उपलब्ध गराइएको छ।
यो अभियानले ग्राहकको सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू, र सहज एक्सचेन्ज सुविधाका साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाईभोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निशुल्क सर्भिसिङ उपलब्ध छ, जसले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्दछ।
‘वल्ड कप टु वल्ड कप’ अभियान मार्फत हुन्डाईको स्वामित्व अझ बढी फलदायी, सुविधाजनक र भरोसायोग्य बन्नेछ। नेपालमा बलियो विरासत र देशव्यापी बिक्री तथा सेवा सञ्जाल रहेको हुन्डाई, विश्वास, नवीनता, विश्वसनीयता र प्रगतिशील गतिशीलताका लागि चिनिने गाडीहरू प्रदान गर्न सधैं समर्पित छ। हुन्डाई नेपालले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई नजिकैको हुन्डाई शोरुममा गई यो सीमित अवधिको ‘वल्ड कप टु वल्ड कप’ अफरको लाभ उठाउन हार्दिक निमन्त्रणा गर्दछ।















