करिव १२ करोड रुपैयाँले घट्यो डिप्रोक्स लघुवित्तको नाफा, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

करिव १२ करोड रुपैयाँले घट्यो डिप्रोक्स लघुवित्तको नाफा, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साढे साढे २१ करोड बढी नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले २१ करोड ५३ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ३५.६० प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ९.१० प्रतिशतले घटेर ६४ करोड ८१ लाख ४ हाजर रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा पनि ३५.७७ प्रतिशतले घटेर ३० करोड ७७ लाख १० हजार रुपैयाँ कायम भएको छ। कम्पनीको वितरण योग्य नाफा १४ करोड ८१ लाख ३६ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ९० करोड ७९ लाख ५७ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीको खराब कर्जा ३.७४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि २६ रुपैयाँ ८१ पैसाले घटेर ३१ रुपैयाँ ५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्