बैंकहरुको ऋण लगानीः उपभोगमै झण्डै ९ खर्ब, वित्तीय, बीमा र घरजग्गामा साढे ३ खर्ब, कुन क्षेत्रमा कति ? « Arthapath.com
६ चैत्र २०७९, सोमबार

बैंकहरुको ऋण लगानीः उपभोगमै झण्डै ९ खर्ब, वित्तीय, बीमा र घरजग्गामा साढे ३ खर्ब, कुन क्षेत्रमा कति ?



काठमाडौं । बैंकहरुले सात महिनामा ४८ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिसम्ममा क, ख र ग बर्गका बैंकहरुले कुल ४८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यो गत गत पुस मसान्तसम्मको तुलनामा थप ७ अर्ब ९५ करोड ४० लाख बढी कर्जा प्रवाह गरेका थिए ।

तथ्यांकअनुसार माघ मसान्तसम्ममा बैंकहरुले सबै भन्दा बढी कर्जा होलसेल तथा रिटेल क्षेत्रमा प्रवाह गरेका छन् । सो क्षेत्रमा बैंकहरुले कुल ९ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तै, दोस्रोमा भने उपभोग ऋण रहेको छ । यसबापत हालसम्म ८ खर्ब ८० अर्ब ३२ करोड २७ लाख रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । तर, गत पुस मसान्तसम्ममा भने बैंकहरुले उपभोग ऋण बापत ८ खर्ब ७८ अर्ब ७२ करोड ७० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए ।

यसैगरि तेस्रो स्थानमा भने उत्पादनशील क्षेत्र रहेको छ, जहाँ ७ खर्ब ८८ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत पुस मसान्तसम्ममा भने बैंकहरुले उत्पादनशी क्षेत्रमा ७ खर्ब ८६ अर्ब २९ करोड १ लाख बढी ऋण प्रवाह गरेका थिए ।

यस्तै, अर्थतन्त्र समृद्धिको प्रमुख माध्यम मानिएको ऊर्जामा भने हालसम्म २ खर्ब ७७ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरि बैंकहरुले वित्तिय क्षेत्र, बीमा कम्पनी र घरजग्गामा गरेर कुल ३ खर्ब ६४ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अन्य कुन क्षेत्रमा कति लगानी ?

स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्