नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश घोषणा, बोनस ५० प्रतिशत दिदाँ नगद पनि आकर्षक

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्था लिमितटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७८ को मुनाफबाट आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत बोनस, २० प्रतिशत नगद र कर प्रयोजनका लागि ३.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।