८ वाणिज्य बैंकहरुलाई राष्ट्र बैंककाे डण्डा, को-को परे ? « Arthapath.com
८ बैशाख २०८०, शुक्रबार

८ वाणिज्य बैंकहरुलाई राष्ट्र बैंककाे डण्डा, को-को परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले करिव झण्डै एक दर्जन वाणिज्य बैंकलाई कारवाही गरेका छ ।

केन्द्रीय बैंकले चालु आर्थिक बर्ष २०७९/८० तेस्रो त्रैमासमा बिभिन्न ९ बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले तोकेको विभिन्न निर्देशन पालना नगरेको पुष्टी भएपछि बैंकहरु कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्ने बैंकमा तत्कालिन एनसीसी बैंक (हालको कुमारी), कुमारी बैंक, राष्ट्रिय बाणिज्य बैंक, तत्कालिन सेञ्चुरी कर्मशिलय बैंक (हालको प्रभु) र नेपाल बैंक रहेका छन् । यस्तै, नविल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रकेका छन् । यीमध्ये एनसीसी बैंकलाई दुई पटक कारबाहीमा गरिएको राष्ट्र बैंक जनाएको छ ।

राष्ट्र बैंककाअनुसार सम्पत्ति सुद्धिकरण सम्बन्धी निर्देशन उल्घंन गरेको आरोपमा राष्ट्रिय बाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ । यसका साथै तत्कालिन एनसीसी बैंक प्रमुख कार्यकार अधिकृत अमृत चरण श्रेष्ठलाई पाँच जरिवाना गरेको छ । तत्कालिन सीईओ श्रेष्ठलाई आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यी बाहेक अन्य बैंकलाई नगद सहित सचेत गराउने लगायतका कारवाही गरिएको राष्ट्र बैंकको भनाई छ ।

यी हन् कारवाहीमा परेका बैंकहरु


प्रतिक्रिया दिनुहोस्