लघुवित्तले लिने सेवा शुल्कमा राष्ट्र बैंकको सीमा, अब १.५० प्रतिशत भन्दा धेरै लिन नपाउने « Arthapath.com
२० बैशाख २०८०, बुधबार

लघुवित्तले लिने सेवा शुल्कमा राष्ट्र बैंकको सीमा, अब १.५० प्रतिशत भन्दा धेरै लिन नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लुघवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ ।

सोही बमोजिम अब लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा १.५० प्रतिशत मात्र सेवा शुल्क लिने भएका हुन् । तर, तोकिएको सो सीमा भन्दा बढी शुल्क लिएमा राष्ट्र बैंकले कारवाही गर्ने भएको छ ।

राष्ट्र बैंककाअनुसार बचत/निक्षेप खाता संचालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने जानकारी दिएको छ । यद्यपि, कर्जा प्रवाह गर्दा भने १.५० प्रतिशत मात्र सेवा शुल्क लिन पाउनेछन् ।

राष्ट्र बैंकले भन्यो,– ‘कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउनेछन् । एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्छन् ।’

यसका साथै लघुवित्तले यसबाहेकका अन्य कुनै पनि शुल्क मागेमा वा लिएको खण्डमा सम्वन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । उक्त संस्थाबाट पनि गुनासो सुनुवाई नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाईमा गुनासो दर्ता गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्