निर्धन उत्थान लघुवित्तको नाफासंगै इपिएसमा पनि भारी गिरावट: खराब कर्जा पनि बढ्यो, अन्य सूचक कस्ता ? « Arthapath.com
२५ बैशाख २०८०, सोमबार

निर्धन उत्थान लघुवित्तको नाफासंगै इपिएसमा पनि भारी गिरावट: खराब कर्जा पनि बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । निर्धन उत्थान लघुवित्त नाफा झण्डै दोब्बरले घटेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीको खुद नाफा ९४.५२ प्रतिशतले घटेर ४ करोड ४० लाख २४ हजार रुपैयाँमा झरेको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ८० करोड २६ लाख बढी खुद नाफा कमाएको थियो ।

कम्पनीको ब्याज आम्दानी, संचालन नाफा पनि घटेको छ । जसले खुद नाफा प्रभावित भएको छ । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा १०.१९ प्रतिशतलेको गिरावट देखिएको छ । योसंगै चालु आवको ९ महिनामा कम्पनीको यस्तो आम्दानी १ अर्ब ४० करोड ९७ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि ९४.३७ प्रतिशतले घटेर ६ करोड ४५ लाख रुपैयाँमा समित भएको छ । कम्पनीको वितरणयोग्य नाफा ३ करोड ४३ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा १ अर्ब ८३ करोड ३८ लाख ८८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ७.५८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको समिक्षा अवधिमा भने ८.३७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । गत आवको चैत मसान्तसम्ममा ४८ रुपैयाँ ७६ पैसा रहेको कम्पनीको यस्तो आम्दानी यस वर्षको सोही अवधिमा भने २ रुपैयाँ २५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७३ रुपैयाँ ७६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्