आरएमडीसी लघुवित्तको अधिकांश सूचक सकरात्मक: वितरणयोग्य नाफा १६९% ले बढ्यो, यस्तो छ वित्तीय अवस्था « Arthapath.com
२५ बैशाख २०८०, सोमबार

आरएमडीसी लघुवित्तको अधिकांश सूचक सकरात्मक: वितरणयोग्य नाफा १६९% ले बढ्यो, यस्तो छ वित्तीय अवस्था



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले ९ महिनामा करिव साढे २७ करोड नाफा कमाएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलना ३.२० प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा २६ करोड ५९ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य बढेर ४६ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा पनि ३.२४ प्रतिशतले बढेर ३९ करोड २० लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफामा भने उल्लेख्य सुधार देखिएको छ । चालु आवको ९ महिनामा कम्पनीको वितरणयोग्य नाफा ९६ करोड ४३ लाख ६० हजार रुपैयाँ पुगेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १६९.५५ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ । कम्पनीले जगेडा तथा कोषमा पनि १ अर्ब २० करोड ९६ लाख ४७ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब कर्जा ०.४७ प्रतिशत मात्रै छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ४१ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्