सरकारले ल्याएको बजेटको जग कमजोर छः पुर्व अर्थमन्त्री खतिवडा « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

सरकारले ल्याएको बजेटको जग कमजोर छः पुर्व अर्थमन्त्री खतिवडा



काठमाडौं । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको बजेटको जग कमजोर रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कमजोर जगमा बनेको कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए । ‘खोप किन्न पनि ऋण लिनुपर्ने अवस्था छ, ऋण लिएर अनुदान बाँडिएको छ, ऋण लिएर त्यसको सदुपयोग भयो कि भएन भनेर मूल्यांकन गर्नु पर्छ,’ खतिवडाले भने

खतिवडाले प्रदुषणको कारण गाडीमात्र नभएको बताए । अझै पनि नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको र यसमा समेत सरकारको ध्यान दिनु आवश्यक रहेको उनको तर्क थियो ।

यो वर्ष पनि बजेट बनाउँदा मुसा र अनधिकृत व्यक्ति छिरेको आशंका भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्