रिलायन्स फाइनान्सले घोषण गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ? « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

रिलायन्स फाइनान्सले घोषण गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ६.८४ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको जेठ २६ गते बसेको संचालक समितिले आफ्ना सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीका आगामी वार्षिक साधारण सभाले पारित भए पश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्