मौद्रिक नीतिबाट ठुलो अपेक्षा नराख्न गभर्नर अधिकारीको आग्रह, छुट सुविधा नआउने संकेत « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

मौद्रिक नीतिबाट ठुलो अपेक्षा नराख्न गभर्नर अधिकारीको आग्रह, छुट सुविधा नआउने संकेत



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटको सीमा भित्रै रहेर मौद्रिक नीति आउने बताए ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले बजेटको सिमा भित्रै रहेर मौद्रिक नीति आउने बताएका हुन् ।

आगामी आवको मौद्रिक नीतिमा धेरे ठुलो अपेक्षा नराख्न गभर्नर अधिकारीले अग्रह गरे । बजेटले दिएको गाइडलाइन अनुसार नै मौद्रिक नीति आउने भएकाले यस्तो आग्रह गरेका हुन् ।

उनले भने,–‘वर्तमान अवस्थामा हेरेर बजेट दिएको गाइडलाइनमा आगामी आर्थिक वर्षको मौद्रिक नीति आउँछ ।’ उनले कोरोना महामारीको बेला जस्तो छुट सुविधाहरुले पनि नआउने बताए । आगामी मौद्रिक नीतिमा कोरोना महामारीको समयमा जस्तो नहुने गभर्नर अधिकारीले बताए ।

‘कोभिडको बेलामा हामीले कर्जा भुक्तानी गर्न सहज होस् भनेर पुनर्तालिकीकरण, पुनसंरचना, पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा लगायतको सुविधा दिइएको थियो । अब त्यस्तो अवस्था छैन । आगामी दिन त्यस्तो सुविधा सकिदैन’– गर्भनर अधिकारीले भने ।

राष्ट्र बैंकको उदेश्य पुरा हुने गरि बजेट इन्डिकेशन दिएको कुराहरु मौद्रिक नीतिमा आउने गभर्नर अधिकारीको भनाई थियो । उनले भने,–‘राष्ट्र बैंकको पहिलो दायित्व भनेको मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्र स्थायित्व र वित्तीय संघ संस्थालाई नियमन गर्नु हो । यसमा केन्द्रीय बैंकको स्थायित्व छ ।’


प्रतिक्रिया दिनुहोस्