मौद्रिक नीति अर्को साता आउने, मंगलबारभित्र जारी गर्ने राष्ट्र बैंकको तयारी « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

मौद्रिक नीति अर्को साता आउने, मंगलबारभित्र जारी गर्ने राष्ट्र बैंकको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले साउन पहिलो साता नै आगामी मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

राष्ट्र बैंकका संचालक समितिका अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारी र व्यवस्थापन समितिका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल देश बाहिर गएका थिए । गर्भनरसहित ३० जनाको टोली सम्पत्ति शुद्धीकरणका विषयमा जवाफ दिन क्यानडा गएका थिए । उनीहरुको बुधवार नै नेपाल आएका छन् । यतिबेला गभर्नर अधिकारी पनि नियमित काम फर्किसकेका छन् ।

यतिबेला मौद्रिक नीतिको बारेमा आवश्यक छलफल भईरहेको छ । बिहीबार नै प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठक पनि बसेको छ । सो बैठकमा गभर्नर अधिकारीले अगामी साता नै मौद्रिक नीति आउने जानकारी गराएका थिए । सो बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु लगायतका विषयमा छलफल भएको थियो ।

आगामी मंगलबारसम्म मौद्रिक नीति जारी हुने राष्ट्र बैंकले जनाएको छ । छिटोमा आइतबार र ढिलोमा मंगलबारसम्म मौद्रिक नीति जारी हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि नै राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि निजी क्षेत्र, उद्योगि, बैंक तथा वित्तीय लगायतका सरोकारवाला क्षेत्रसंग पनि राष्ट्र बैंकले छलफल गरिसकेको छ ।

मौद्रिक नीतिमा वर्तमान आर्थिक संकट, उच्च ब्याजदर, कर्जाको न्यून माग लगायतका अवस्थालाई सम्बोधन गर्नुपर्ने बाध्यता छ । साथै, सरकारले हालै सार्वजनिक गरेको बजेटको कार्यान्वयनमा सघाउ पुग्नेगरि पनि मौद्रिक नीति ल्याउन आवश्यक देखिन्छ । समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्