डलरको भाउले नयाँ रेकर्ड बनाउँदा नेपाली रुपैयाँ कमजोर, कस्तो पर्छ असर ?

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको छ । आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । जुन, हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सहटीमा १३३ रुपैयाँ ५४ पैसा खर्चिनु पर्ने भएको छ । डलरको बिक्री मूल्य भने १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
यसअघि पनि डलर भाउ बढेर नयाँ रेकर्ड बनाएको थियो । राष्ट्र बैंकका अनुसार यसअघि डलरको भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।
भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ ।