नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण, मूल्यवृद्धि पनि सरकारको लक्ष्यभन्दा कम « Arthapath.com
३ आश्विन २०८०, बुधबार

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण, मूल्यवृद्धि पनि सरकारको लक्ष्यभन्दा कम



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंक (एडीबी) सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ को रिपोर्टले यस्तो प्रक्षेपण गरेको हो ।

रिर्पोट अनुसार नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । किनकी गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको हो । गत आवमा नेपालको आर्थिक वृद्धिदर १.१ प्रतिशत मात्रै रहेको थियो । तर, चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने अनुमान गरेको हो ।

यद्यपि, नेपाल सरकारले भने ६प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यभन्दा १.७ प्रतिशत कम प्रक्षेपण एडीबीले गरेको छ ।

यस्तै, एडीबीका अनुसार मुद्रास्फीति दर अर्थात् मूल्य वृद्धि (महँगी) ६.२ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्षमा भने ७.७ प्रतिशत रहेको थियो ।

सरकारले चालु आवमा मुद्रास्फिती अर्थात महँगी साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ । तर, एडीबीको प्रक्षेपण भने सरकारले लिएको लक्ष्यभन्दा पनि कमी हुने देखिन्छ । यद्यपि, मूल्य वृद्धि नियन्त्रणमा भने चुनौतिपूर्ण देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका साउन मसान्तसम्मको तथ्याङ्क अनुसार पनि मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्