बजार ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

बजार ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द



काठमाडौँ । बजारमा तेस्रो पटक सर्किट लागेसँगै बजार आजका लागि बन्द भएको छ । नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई सेयर कारोबार बन्द भएको हो।

बजार डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । बजार दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको हो । पुनः बजार ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।

आइतबार कुल १० मिनेट मात्रै सेयर कारोबार भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ।


प्रतिक्रिया दिनुहोस्