माछापुच्छ्रे बैंकको सीइओमा दोहोरिए कोइराला « Arthapath.com
५ पुष २०८०, बिहीबार

माछापुच्छ्रे बैंकको सीइओमा दोहोरिए कोइराला



काठमाडौँ । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । पुष ५ गते विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे २ दशक भन्दा लामो अनुभव बटुली सक्नु भएका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्