सेयर कारोबारबाट हुने बैंकहरुको कमाई १२.४९% बढ्यो: सानिमा र एभरेष्टले बढाए सर्वाधिक, कसले कति ?
काठमाडौं । सेयर कारोबारबाट हुने बैंकहरुको कमाई (आम्दानी) दोहोरो अंकले बढेको छ । अधिकांश बैंकहरुले सेयर कारोबारबाट हुने आम्दानी बढाएका छन् ।
बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले एकै वर्ष ६ अर्ब ८ करोड ८ लाख रुपैयाँ आम्दानी गरेका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।
सेयर बजारमा आएको उतारचढावका बीच पनि बैंकहरुले कारोबार मार्फत हुने आम्दानी १२.४९ प्रतिशत बढाएका हुन् । अघिल्लो आवमा पनि बैंकहरुको यस्तो आम्दानी ५ अर्ब ४० करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
गत वर्ष आधा दर्जन बैंकको सेयर कारोबारबाट हुने आम्दानीमा गिरावट आएको छ । तर, त्यसबाहेकका बैंकहरुले भने बढाएका छन् ।
गत वर्ष सेयर कारोबारबाट हुने आम्दानी सानिमा बैंकले सर्वाधिक बढाएको छ । अघिल्लो आवको तुलनामा सानिमा यस्तो आम्दानी १३८.३ प्रतिशत बढेर ५१ करोड ७७ लाख रुपैयाँ कायम भएको छ। यता, एभरेष्ट बैंकले पनि ८५.२२ प्रतिशत बढेर ३३ करोड ८५ लाख रुपैयाँ कायम भएको छ ।
सेयर कारोबारबाट सबैभन्दा धेरै आम्दानी भने ६७ करोड ९६ लाख रुपैयाँ कमाएको छ । यो अघिल्ल्लो आवको तुलनामा भने १६.७५ प्रतिशत बढी हो ।
यस्तै, ग्लोबल आइएमइले पनि २२.३८ प्रतिशत बढाएर ५८ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष नबिलको पनि १०.२९ प्रतिशत बढेर ५३ करोड ६६ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा राष्ट्रिय वाणिज्य बैंकको सेयर कारोबारबाट हुने आम्दानी २८ लाख रुपैयाँ ऋणात्मक थियो । तर, गत आवमा भने बैंकको यस्तो आम्दानी ५ करोड ११ लाख रुपैयाँ धनात्मक छ ।
तर, गत वर्ष कृषि विकास बैंकको सेयर कारोबारबाट हुने आम्दानी ५६.१२ प्रतिशत, माछापुच्छ्रे बैंकको २७.८८ प्रतिशत, नेपाल एसबिआइको ५१.४८ प्रतिशत, सिटिजन्सको १४.३५, एनआइसी एशियाको १२.५ प्रतिशत घटेको छ ।
सेयर कारोबारबाट कुन बैंकको कमाई कति ?
















