स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकको लाभांश क्षमता उच्च, पहिलो त्रैमासमा कुन बैंकको सामार्थ्य कति ? « Arthapath.com
९ कार्तिक २०८१, शुक्रबार

स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकको लाभांश क्षमता उच्च, पहिलो त्रैमासमा कुन बैंकको सामार्थ्य कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्डर्ड र नबिल बैंक उच्च लाभांश क्षमता बनाएका छन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबैभन्दा धेरै क्षमता स्ट्याण्डर्ड चार्टर्डको देखएको छ । बैंकले पहिलो त्रैमासमा ३४.२६ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको हो । चालु आवको पहिलो त्रैमासमा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने वितरणयोग्य नाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ ।

दोस्रो ठुलो हैसियत नबिल बैंकको छ । पहिलो त्रैमासमा बैंकले १८.४१ प्रतिशत लाभांश क्षमता बनाएको छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । चालु आवको तीन महिनामा बैंकले रुपैयाँ २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वितरणयोग्य नाफा भने ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ छ । यसकै आधारमा बैंकको लाभांश क्षमता १८.४१ प्रतिशत देखिएको हो ।

समिक्षा अवधिमा चार बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ । हिमालयन, एनआइसी एशिया, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)को वितरणयोग्य नाफा ऋणात्मक छ ।

तर, नेपाल एसबिआईको पनि लाभांश क्षमता दोहोरो अंकमा नै देखिएको छ । पहिलो त्रैमासमा बैंकले १७.८० प्रतिशत लाभांश दिन सक्ने क्षमतामा छ । बैंकको हालको चुक्ता पुँजी १० अर्ब ५० करोड छ । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ छ ।

यता, चालु आवको पहिलो त्रैमासमा कृषि विकास बैंकको लाभांश क्षमता १४.७९ प्रतिशत, प्राइमको १३.९३ प्रतिशत, सानिमाको १२.६१ प्रतिशत, एभरेष्टको १२.६ प्रतिशत रहेको छ ।

त्यसैगरि माछापुच्छ्रेले पनि ९.१७ प्रतिशत, नेपाल बैंकले ६.४५ प्रतिशत, लक्ष्मी सनराइजले ६.४३ प्रतिशत, एनएमबिले ५.८१ प्रतिशत, ग्लोबल आइएमईले ५.३ प्रतिशत, सिटिजन्सले ४.७७, राष्ट्रिय वाणिज्य बैंकले १.३२ प्रतिशत र प्रभूको एकदमै न्युन ०.१४ प्रतिशत क्षमता बनाएका छन् ।

पहिलो त्रैमासमा बैंकको लाभांश क्षमता:


प्रतिक्रिया दिनुहोस्