लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।