नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १८ गते मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले यो वर्ष १०.६५ प्रतिशत लाभांश दिने भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.८० प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरणहुनेछ।


प्रतिक्रिया दिनुहोस्