सिविफिनमा नयाँ नेतृत्व: अध्यक्षमा पुनः पौड्याल, सचिवमा पौडेलले मारे बाजी, समितिमा को-को आए ? « Arthapath.com
१९ पुष २०८१, शुक्रबार

सिविफिनमा नयाँ नेतृत्व: अध्यक्षमा पुनः पौड्याल, सचिवमा पौडेलले मारे बाजी, समितिमा को-को आए ?



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न सिविफिनको पाँचौं वार्षिक साधारण सभाबाट पौड्याल अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी नबिल बैंकका अध्यक्ष समेत रहेका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय र उपाध्यक्षमा कुश प्रसाद मल्ली चयन भएका छन् । यस्तै, महासचिवमा प्रचण्ड बहादुर श्रेष्ठ पनि निर्विरोध चयन भएको सिविफिनले जनाएको छ ।

अन्य पद निर्विरोध चयन भए पनि सचिवमा भने निर्वाचन भएको थियो । निर्वाचन मत परिणाम अनुसार साइन रेसुङ्गाका अध्यक्ष थानेश्वर पौडेल बिजयी भएका छन् । उनले ३२ मत प्राप्त गरि सचिवमा निर्वाचित भएका हुन् । तर, गोयलले भने २३ मत प्राप्त गरेका थिए । कुल ५५ मत खसेको थियो ।

समितिको कोषाध्यक्षमा तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा डा. बाल गोपाल वैद्य, राजाराम खड्का, रमण नेपाल, सुदिप आचार्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्