नाफामा मुक्तिनाथको वर्चश्व कायमै: कामना सेवाको उत्कृष्ट ग्रोथ, शाइन र लुम्बिनी पनि तगडा

काठमाडौं । विकास बैंकहरुको नाफा झन्डै २९ प्रतिशत वृद्धि भएको छ । पाँच महिनामै राष्ट्रिय स्तरका विकास बैंकले साढे २ अर्ब बढी नाफा कमाएका छन् ।
नेपाल राष्ट्रले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा बैंकहरुले २ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने २८.९५ प्रतिशत बढी हो । गत आवको मंसिर मसान्तसम्ममा बैंकहरुले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
समिक्षा अवधिमा दुई वटा बाहेकका बैंकले नाफा वृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा ज्योति विकास र महालक्ष्मी विकास बैंकको नाफा केही घटेको हो । राष्ट्र बैंकका अनुसार ज्योति विकासको नाफा ६४.७८ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा भने बैंकले १९ करोड ९९ लाख बढी नाफा आर्जन गरेको थियो । यता, महालक्ष्मीको नाफा भने १.९३ प्रतिशत घटेर २१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
नाफा वृद्धिदरमा भने कामना सेवा विकास पहिलो सूचीमा छ । समिक्षा अवधिमा कामना सेवाको नाफा ६८.२६ प्रतिशत वृद्धि भई ३३ करोड १० लाख रुपैयाँ पुगेको छ ।
नाफा बढाउन लुम्बिनी विकास र शाइन रेसुङ्गा पनि तगडा देखिएका छन् । समिक्षा अवधिमा यी दुई बैंकको नाफा क्रमशः ५८.३० प्रतिशत र ५७.३७ प्रतिशत वृद्धि भएको छ । पाँच महिनामा लुम्बिनीले ३८ करोड ६८ लाख रुपैयाँ र शाइनले ४७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
तर, रकमको आधारमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले पाँच महिनामा ५८ करोड ८८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने २८.१९ प्रतिशत बढी हो ।
समिक्षा अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि ३३.०५ प्रतिशत वृद्धि भई २० करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
कसले कति कमाए नाफा ? (रकम लाखमा)
