प्रभू बैंकको नाफामा उछाल, इपिएस पनि बढ्यो, कस्तो वित्तीय प्रगति ? « Arthapath.com
७ माघ २०८१, सोमबार

प्रभू बैंकको नाफामा उछाल, इपिएस पनि बढ्यो, कस्तो वित्तीय प्रगति ?



काठमाडौं । प्रभू बैंकको नाफामा उछाल आएको छ । बैंकको नाफा साढे ८५ प्रतिशत वृद्धि भएको छ । ६ महिनामै बैंकले झन्डै डेढ अर्ब नाफा आर्ज गरेको छ ।

सोमबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ८५.४९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २.१२ प्रतिशत वृद्धि भई ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कुल संचालन आम्दानी ११.१० प्रतिशत र संचालन नाफा ४५.९५ प्रतिशत वृद्धि भई क्रमशः ६ अर्ब ६६ करोड ७५ लाख र २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) भने बढेर ११.३५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ कायम भएको छ । हाल बैंकसँग ५.०६ प्रतिशत खराब कर्जा छ ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंककले जगेडा तथा कोषमा भने १० अर्ब ५४ करोिड ४९ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्