५७ प्रतिशत बढ्यो इन्भेष्टमेन्टको नाफा, कुन सूचकमा कस्तो प्रगति ? « Arthapath.com
७ माघ २०८१, सोमबार

५७ प्रतिशत बढ्यो इन्भेष्टमेन्टको नाफा, कुन सूचकमा कस्तो प्रगति ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआइएमबि)को नाफा ५७ प्रतिशत वृद्धि भएको छ । सोमबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

६ महिनामै बैंकले २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ५७.१८ प्रतिशत बढी हो । गत वर्षको पुस मसान्तसम्ममा भने बैंकले १ अर्ब ८० कोड १९ लाख ४४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, यो गत आवको तुलनामा भने २.३७ प्रतिशत कमी हो ।

यता, बैंकको कुल संचालन आम्दानी १.८७ प्रतिशत वृद्धि भई ९ अर्ब १ करोड २२ लाख रुपैयाँ कायम भएको छ । यस्तै, खुद संचालन आम्दानी २१.०९ प्रतिशत बढेर ७ अर्ब २३ करोड ९६ लाख र संचालन नाफा ३३.६९ प्रतिशत बढेर ४ अर्ब ४ कोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोिड ३५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकको खराब कर्जा भने १.६७ प्रतिशत रहेको छ । यता, प्रतिसेयर आम्दानी पनि ६.०४ रुपैयाँ बढेर १६.६० रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा भने ३१ अर्ब ८९ करोड ५ लाख रुपैयाँ राखेको छ ।

बैंकको निक्षेप संकलन पनि ९.२९ प्रतिशत वृद्धि भई ४ खर्ब ४० अर्ब ८७ कोड ९२ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि ७.६३ प्रतिशत वृद्धि भइृ ३ खर्ब २८ अर्ब ७९ कोड ३० लाख रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्