५ प्रतिशत बिन्दुमा आइपुग्यो बैंकहरुको आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ? « Arthapath.com
१५ फाल्गुन २०८१, बिहीबार

५ प्रतिशत बिन्दुमा आइपुग्यो बैंकहरुको आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?



काठमाडौं । २० वटै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घटेको छ । फागुन महिनामा वाणिज्य बैंकहरुको आधार दर ०.१९ प्रतिशत बिन्दुले घटेको छ ।

हाल बैंकहरुको औसत बेस रेट ६.६१ प्रतिशत बिन्दुमा झरेको छ । गत माघ महिनामा भने ६.८ प्रतिशत रहेको थियो ।

बैंकहरुले लामो समयदेखि नै महिनैपिच्छे निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन् । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर थप घट्दै गएको हो । निक्षेपको ब्याजदर पनि घटाउँदा, यसले बैंकहरुको लागत पनि घटेको छ । बैंकहरुको आधार दर पनि घट्न थालेको छ । हाल बैंकहरुको आधार दर ५ प्रतिशत बिन्दुसम्मको लाइनमा आइपुगेको छ ।

फागुन महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ५.११ प्रतिशत कायम भएको छ । यता, राष्ट्रिय वाणिज्य बैंकको ५.४४ प्रतिशत र एभरेष्ट ५.६३ प्रतिशतमा झरेको छ ।

आधार दर निरन्तर घट्दा कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ । बेस रेट ब्याजदरसँग सम्वन्धित हुन्छ, बेस रेट बढेको खण्डमा कर्जाको ब्याजदर पनि बढ्छ भने घटेको बेलामा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।

बैंकहरुको बेस रेट अनुसार नै ऋणको ब्याज महँगो अथवा सस्तो हुने संकेत गर्छ । हाल २० वटै बैंकहरुले एकल अंकको ब्याजदरमै अर्थात् १० प्रतिशत कम ब्याजमै ऋण दिन सक्ने अवस्थामा छन् । हाल बैंकहरुले कर्जाको प्रकृतिअनुसार बेस रेटमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।

बेस रेटकै आधारमा हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्टले सबैभन्दा सस्तो ब्याजमार ऋण दिन सक्नेछन् । यता, नेपाल बैंक, नबिल, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, सानिमा, एनएमबि, सिद्धार्थ, नेपाल एसबिआई लगायतका बैंकहरुको पनि एकल अंककै ब्याजदर ऋण दिन सक्ने अवस्थामा देखिएका छन् ।

हाल बैंकिङ प्रणालीमा ७ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । निक्षेप भित्रने सिलसिल निरन्तर बढी रहेको छ । निक्षेपको तुलनामा कर्जाको माग भने न्युन नै छ । आन्तरिक अर्थतन्त्र गतिशिल नहुँदा कर्जामो माग बढ्न सकिरहेको छैन ।

तर, कर्जा लगानी बढाउन बैंकहरुको विभिन्न अफरहरु समेत ल्याईरहेको छ । केही बैंकहरुले त आधार दरमै कर्जा उपलब्ध गराउन तयार देखिन्छन् । विशेषगरि घरजग्गाको कर्जामा यस्तो सुविधा दिएका हुन् । घरजग्गा बाहेक अन्य क्षेत्रमा पनि सस्तो ब्याज अर्थात् एकल अंकको ब्याजदरमै कर्जा प्रवाह गर्न बैंकहरु तयार देखिन्छन् ।

कुन बैंकको बेस रेट कति ?


प्रतिक्रिया दिनुहोस्