बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता बोलकबोलका माध्यमबाट खिच्ने भएको हो ।

आइतबार बोलकबोलमार्फत २१ दिनको लाथि तरलता खिच्ने भएको हो । १३ फागुनमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा ९ अर्ब ८० करोडको मात्रै अनवेदन परेको थियो । उक्त उपकरणको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो ।

बैंकहरुले लगानी अपेक्षित रुपमा बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणाली तरलता नियमित रुपमा खिच्दै आएको छ । गत १५ फागुनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीबाट केन्द्रिय बैंकले खिचेको २ खर्ब ३० अर्ब १५ करोड तरलता मौज्दात छ ।


प्रतिक्रिया दिनुहोस्