प्रतिसिलिन्डर ३ सय ४३ रुपैयाँ घाटामा ग्यास बेच्दै सरकार, बढाइएको मूल्य उपभोक्ताले तिर्न नपर्ने « Arthapath.com
२० फाल्गुन २०८१, मंगलवार

प्रतिसिलिन्डर ३ सय ४३ रुपैयाँ घाटामा ग्यास बेच्दै सरकार, बढाइएको मूल्य उपभोक्ताले तिर्न नपर्ने



काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाएको छ । सो बढाएको रकम उपभोक्ताले तिर्नु नपर्ने भएको छ । 

सरकारले यसअघि ३ सय ३० रुपैयाँ घाटामा खाना पकाउने ग्यास बेच्दै आएको छ । अहिले बढाएको मूल्य पनि सरकारलेनै तिर्दा सरकारलाई प्रतिसिलिन्डर ३ सय ४२ रुपैयाँ ७५ पैसा घाटा रहेको छ । 

बजारमा ग्यासको अभाव बढ्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीलाई वार्तामा बोलाएको थियो । मन्त्रालयमा भएको छलफलपछि एलपी ग्यासको प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भयो । 

अहिले देशभर दैनिक रूपमा १ लाख सिलिन्डर ग्यास विक्री हुँदै आएको छ । सरकारले ग्यासमा भएको घाटाको पूर्ति पेट्रोल, डिजेल र हवाई इन्धनबाट गर्ने गरेको निगमले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्