बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज (बुधबार) छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति चैत्र १३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैं क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।