प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक, होला त गभर्नर नियुक्ति ? « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक, होला त गभर्नर नियुक्ति ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकमा बहुप्रतिक्षित नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय मुख्य एजेन्डा बन्ने भएको छ ।

राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिको प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ । तर, आज बस्ने मन्त्रिपरिषद बैठकले भने टुंगो लगाउनेछ । प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको पछिल्लो सहमतिले प्रक्रिया तीव्र बनेको हो ।

गत आइतबार दुई नेताबीच भएको छलफलमा एक हप्ताभित्रै गभर्नर नियुक्त गर्ने सहमति बनेको थियो। देउवाले प्रधानमन्त्रीलाई एक साता भित्र नियुक्ति टुंग्याउन अल्टिमेटम दिएका थिए भने ओलीले बिहीबारसम्म गभर्नर तोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यससँगै बैठकमा संसदमा प्रस्तुत नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट तयारी तथा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत विस्तृत छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस्