बढ्याे पेट्राेल डिजेलकाे मुल्य, कति पुग्याे ?

काठमाडाैँ । नेपाल आयल निगमले पेट्राेल र डिजेलकाे मुल्य बढाएकाे छ ।
निगमले शनिबार मध्येराती १२ बजेपछि लागु हुनेगरी पेट्राेलमा २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा १ रूपैयाँले बढाएकाे जनाएकाे छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएकाे छ । वायुसेवा कम्पनीहरुलाई बेच्ने हवाई इन्धनको भाउ प्रतिलिटर ३ रूपैयाँले घटाएकाे छ ।
त्यस्तै अन्तरराष्ट्रिय उडान भर्ने विदेशी वायुसेवा कम्पनीका जहाजमा इन्धन भर्दा प्रतिकिलोलिटर अर्थात् १००० लिटरको भाउ २२ अमेरिकी डलर घटाइएको छ
निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेकाे जनाएकाे छ ।
