नेप्सेका सिइओले दिए राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थ मन्त्रालय पुगेर उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
मुलुकको एकमात्र सेयर बजार सञ्चालक निकायको नेतृत्व सम्हालिरहेका चापागाईंले व्यक्तिगत कारण देखाउँदै पद त्याग गरेको जानकारी दिएका छन् ।
सरकारले उनलाई वि.सं. २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको थियो ।
नियुक्त भएको छोटो अवधिमै उनले अचानक दिएको यो राजीनामालाई पुँजी बजार वृत्तमा चासोका साथ हेरिएको छ ।













