मौद्रिक नितिमै ३ महिना पछिको डाटा दिएर यसरी ढाट्यो राष्ट्र बैंकले « Arthapath.com
२० श्रावण २०७६, सोमबार

मौद्रिक नितिमै ३ महिना पछिको डाटा दिएर यसरी ढाट्यो राष्ट्र बैंकले



काठमाडौं । आफ्नो कार्यालकालको अन्तिम मौद्रिक निती उत्कृष्ठ रहेको बताउने गर्भनर चिरञ्जीवि नेपालले सार्वजनिक गरिएको विवरणनै गलत दिएर जनतालाई झुक्याएका छन ।

सबैले केन्द्रीय बैंकको विश्वास मान्छन तर त्यै केन्द्रीय बैंकले ३ महिना अघिको विवरण भन्दै वितरीत मौद्रिक निती पुस्तीकामा जेठ महिनाको डाटा भन्दै छापियो र त्यै वितरण गरियो । सरकारले गत वर्षनै हरेक नेपालीको खाता कार्यक्रम सुरु गरेको थियो । सबै नेपालीको बैंक खाता अथार्त खोलौं बैंक खाता कार्यक्रम अन्र्तगत बैसाख महिनामा कुल निक्षेप खाता २ करोड ६९ लाख ४ सय ८० पुगेको राष्ट्र बैंकको मासिक बैंकिङ एण्ड फाइनान्सीयल स्टाटसमा उल्लेख छ । यो खाताको डाटा चैत्र २०७५ पछि जेठसम्म कुनै निक्षेप खाता नखोलिएको जनाउँछ । तर राष्ट्र बैंकलेनै बुधबार सार्वजनिक गरेको मौद्रिक नितीमा भने २ करोड ७३ लाख नेपालीले बैंक खाता रहेको तथ्याङ छ । यद्धेपी यो तथ्याङ्क चैत्र २०७५, बैसाख २०७६ र जेठ २०७६ मा एउटै डाटा हुनु आश्चर्यलाग्दो कुरा हो । राष्ट्र बैंकले पेस गर्ने डाटालाईनै आधार मानेर देशको वित्तिय अवस्थाको मापन गरिन्छ ।

राष्ट्र बैंकद्वरा वितरित जेठ महिनासम्मको वित्तिय विवरणमा बैंक खाता २ करोड ७३ लाख रहेको जनाइर्एको छ । यदी ३ महिनामा कोही नेपालीले खाता खोलेनन् त ? अथार्त २०७६ जेठकै राष्ट्र बैंकले दिएको रिपोर्टलाई आधार मान्ने हो भने पनि फरक फरक छ । राष्ट्र बैंकको मन्थली वित्तिय स्टाटसमा जेठ महिनामा २ करोड ६९ लाख ४ सय १० निक्षेप खाता रहेको उल्लेख छ भने लोन खाता १ करोड ४२ लाख ७ हजार ९ सय ३७ रहेको उल्लेख छ ।

बजार हल्लाको भरमा

राष्ट्र बैं सुप्रिम निकाय हो । उसले बैंक वित्तिय संस्थालाई १ साताको समय दिएर मर्जरमा जान दवावप दिएको थियो । कुनै पनि संस्थालाई लिखित वा मौखिक केही नभनी सार्वजनिक आह्वानको भरमा धेरै बैंक वित्तिय संस्थाले मर्जरको प्रतिवद्धता बुझाएका थिए ।

एक विकास बैंकका सिईओ ले भने राष्ट्र बैंकले सार्वजनिक आह्वान गरेकै भरमा मर्जरमा किन जाने ? कुन बैंकलाई लिखित वा मौखिक मर्जमा जाउ भनेर भनेको छ र ? विकास बैंकहरु २ ओटाले मात्र मर्जरको प्रतिवद्धता पठाएका छन । अन्य विकास बैंकले भने मर्जरको प्रतिवद्धता पठाएका छैनन । ५ ओटा वाणिज्य बैंक बाहेक सुबैले मर्जर प्रतिवद्धता पठाएका छन ।

बजारमा हल्ला चलाइएको र होलसेलमा सार्वजनिक कार्यक्रममा गरिएको आह्वानको भरमा मर्जर जानु कति उचित साखा खोल्न स्वीकृत लिन नपर्ने

मर्जरमा जानै बैंक वित्तिय संस्थाको साखा खोल्न अनुमती लिनु नपर्ने जुन निती ल्याएको छ यो धेरैने खुकुलो भएको बैंकरहरुले प्रतिक्रिया दिएका छन । अहिले राजधानीमा १ साखा खोल्न बाहिर दुर्गममा ३ ओटा साखा खोल्नुपर्छ । मर्जमा जानेलाई राजधानीको गल्ली गल्लीमा साखा खोल्न पाउने छ । नविल मर्जरमा गयो काठमाडौंमा ५० ओटा थप साखा खोल्छु मलाई विजनेशमा कुनै बैंकले भेट्टाउन सक्दैन नविलका सिईओ अनिल शाहले भने ।

Tags :

प्रतिक्रिया दिनुहोस्