पारिश्रमिक नपाएका ३३ कामदारले रकम पाउने « Arthapath.com
२१ माघ २०७६, मंगलवार

पारिश्रमिक नपाएका ३३ कामदारले रकम पाउने



काठमाडौं । कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीले लामो समयदेखि भुक्तानी नगरेको पारिश्रमिक भुक्तानी गरेको छ । कम्पनीले कतारी रियाल २ लाख ८५ हजार (करिब ८५ लाख रुपैयाँ) रकम भुक्तानी गरेको हो ।

कम्पनीमा कार्यरत कार्यरत ३३ जना नेपाली कामदारले नपाएको भुक्तानी पनि दिईएको छ । उनीहरुले करिव ३ देखि ६ महिनासम्म पारिश्रमिक पाएका थिएनन् ।

विभागले सुचना जारी गर्दै विभागको समन्वय र सहजीकरणपछि काठमाडौंस्थित कतारी राजदूतावासमार्फत भुक्तानी गर्नेे र पैसा लिन सात दिनभित्र काठमाडौँको बुद्धनगरस्थित विभागमा उपस्थित हुन आग्रह गरिएको छ । साथै कामदारहरूको सहजीकरणको लागि श्रम रोजगार कार्यालयहरू (विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

सो रकम लिनका लागि कामदारहरूले आ–आफ्ना खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपीका साथ पेश गर्नु पर्ने विभागले जनाएको छ ।

यस्तै, अल एसिया इन्टरनेशनल, रकी इन्टरनेशनल, प्याराडाइज इन्टरनेशनल, वल्र्ड भिजन इन्टरनेशनल म्यानपावर सर्भिसेज, स्काईवेज ब्यूरो सर्भिस र व्यक्तिगत श्रम स्वीकृतिबाट गएका कामदारले भुक्तानी लिन बाँकी रहेको रकम वितरण गर्ने विभागले जनाएको छ । नयापत्रिका दैनिकबाट


प्रतिक्रिया दिनुहोस्