चेक काटिएको १ हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा राख्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
२६ माघ २०७६, आईतवार

चेक काटिएको १ हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा राख्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गरेको छ । पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले १ हप्ताको सीमा तोकेको हो ।

सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने गरी ब्याख्या गरेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थापछि अब कसैले काटेको चेकमा उल्लेखित पैसा खातामा नभए बढीमा एक हप्तामै भुक्तानी गरिसक्नु पर्नेछ । चेक काटेको एक हप्तामा पनि भुक्तानी नभए राष्ट्र बैंकले कालोसूचीमा राखेर कारबाही अघि बढाउने छ ।

काटिएको चेकको खातामा रकम अपुग भएमा वा हस्ताक्षर नमिलेमा बैंकले १ साताको समय दिएर रकम भुक्तानी गर्न खातावालालाई जानकारी गराउन निर्देशन बनाएको हो । त्यो अवधिमा पनि भुक्तानी नभए बैंकले नै कर्जा सूचना केन्द्रमा कालोसूचीका लागि पत्राचार गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । सो अनुसार बैंकले नगरे बैंकलाई समेत कारबाही हुने राष्ट्र बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्