कोरोना भाइरसले चिन–नेपाल रसुवागडी नाका सुनसान « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

कोरोना भाइरसले चिन–नेपाल रसुवागडी नाका सुनसान



काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी भन्सारबाट हुने कारोबार अहिले ठप्प भएको छ । नेपालको सिमाना रसुवागढी र टिमुरे क्षेत्र अहिले व्यवसायी र सवारीसाधनको आवत–जावत नहुँदा सुनसान बनेको छ ।
कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवतजावतमा रोक लगाएपछि रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको हो । चिनियाँ पक्षले सूचना नै निकालेर रसुवा नाका माघ १५ गतेदेखि १५ दिनका लागि बन्द गरेको भन्सार कार्यालय रसुवाका प्रमुख पुण्यविक्रम खड्काले बताए ।

केरुङबाट कन्टेनर नआएकाले अहिले रसुवा भन्सार कार्यालयले प्रयोग गर्दै आएको यार्डमा एक–दुई कन्टेनरहरू मात्र रहेका छन् । दैनिक करोडांँ रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको भन्सार कार्यालय सुनसान बनेको छ ।

दैनिक यार्डमा काम गर्दै आएका ६ सयजना कामदारहरूसमेत बेरोजगार बनेका छन् । पछिल्लो समय चिनियाँ नयाँ वर्ष र हिमपातका कारण नाका प्रभावित भएको थियो । नाका बन्द भएपछि केरुङतर्फ सामान लिन गएका दुई सयवटा कन्टेनर फर्किन सकेका छैनन् । रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको व्यापारी राजु श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्