सार्वाेच्च अदालद्धारा कोरोना भाइरस नियन्त्रणको तयारी गर्न आन्तरिम आदेश « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

सार्वाेच्च अदालद्धारा कोरोना भाइरस नियन्त्रणको तयारी गर्न आन्तरिम आदेश



काठमाडौं । सर्वाेच्च अदालतले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
अधिबक्ता पुर्णराज बंशिले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायधिश तेज बहादुर केसीले नियन्त्रणको तयारि गर्न सरकारलाई आदेश दिएको हो । अधिबक्ता राजबंशिले हिजो कोरोना नियन्त्रणका लागि आवश्यक पहलकदमीका लागि सरकारका नाममा अन्तरिम आदेश जारि गर्न सर्बाेच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि सरकारले कोरोना भाईरसको रोकथामको लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिति गठन गरिसकेको छ ।

यस्तै सरकारले पाँच देशका नागरिकालाई एक महिनाका लागि अन अराअराईभल भिजामा रोक लगाएको छ । गृह मन्त्रालयले हंकक स्थित चिन, ईरान, इटली, दक्षिण कोरिया र जापानका नागरिकालाई मार्च ७ देखी मार्च ३१ सम्म अनराईवल भिजामा रोक लगाईइएको हो । ति देशका नागरिक नेपाल आउनु परे सम्वन्धित देशमा रहेका नेपाली राजदूतावास र कुटनितीक नियोग मार्फत कोारोना सम्वन्धि स्वास्थ्य परिक्षण गरेको रिपोर्टका आधारमा आवश्यकता अनुसार भिजा लिन सक्ने छ ।


प्रतिक्रिया दिनुहोस्