एकदिन मै सुनको मूल्य २२ सय रुपैयाँ बढ्यो, नयाँ रेकर्ड कायम « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

एकदिन मै सुनको मूल्य २२ सय रुपैयाँ बढ्यो, नयाँ रेकर्ड कायम



काठमाडौं । सुनको भाउ बढ्ने क्रम बढेको छ । भाउ बढ्ने क्रममा सुनले आफ्नै रेकर्ड तोडेको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी महाुंघका अनसुार बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार ५ सय र तेजाबी सुनको मूल्य ८० हजार ३ सय रुपैयाँ तोकेको छ । कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार ३ सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो । मंगलबार ८६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्