अर्थमन्त्री खतिवडाले लिए राष्ट्रपतिबाट सपथ(भिडियो सहित)

काठमाडौं । अर्थमन्त्री खतिवडाले राष्ट्रपतिबाट सपथ ग्रहण गरेका छन । बुधबार राष्ट्रपति निवासमा राष्ट्रपतिले डा. युवराज खतिवडालाई सपथ गराएकी हुन ।
उनको मंगलबार राती १२ बजेबाट राष्ट्रियसभा सदस्य पद सकिएको थियो । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको पुर्ननियुक्ती भएको हो । डा. खतिवडाले मंगलबारै राष्ट्रपतिसमक्ष राजिनामा दिएका थिए ।
राष्टिय सभामा सदस्य भएपछि २ वर्षअघि मन्त्री बनेका खतिवडाले मंगलबार राजिनामा गरेका थिए । उनलाई अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी दिईएको हो । उनले ईश्वरको नाममा नभएर देश र जनताको नाममा सपथ लिएका हुन ।